कार्यक्रमको समापन सत्रलाई सम्बोधन गर्दै विद्यालयकी प्राचार्य शर्मिला गुरुङले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना, सामूहिक अध्ययन संस्कार र बौद्धिक क्षमता विकासका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सहभागिता जनाएका सबै विद्यार्थी, शिक्षक तथा आयोजक टोलीलाई धन्यवाद दिँदै आगामी दिनमा यस्ता शैक्षिक क्रियाकलापलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
विद्यालयले विद्यार्थीहरूको ज्ञान, नेतृत्व क्षमता र प्रस्तुतीकरण कौशल अभिवृद्धिका लागि नियमित रूपमा विभिन्न सह–शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।






