Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

सुनकोशी पुलबाट हाम फालेका ६२ वर्षीय वृद्ध तीन दिनदेखी बेपत्ता


मङ्सिर २०, उदयपुरको कटारी–३ च्याँगाका ६२ वर्षीय लुप्त (मिश्र) बहादुर कार्की तीन दिनदेखि बेपत्ता रहेका छन्। कटारी–१४ घुर्मी र ओखलढुङ्गाको हर्कपुर जोड्ने सुनकोशी पुलबाट बुधबार दिउँसो उनी हाम फालेका थिए।


इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक लङ्कबहादुर श्रेष्ठका अनुसार घटनास्थलमै कार्कीको टोपी र जुत्ता भेटिएको थियो। ‘गोताखोर टोली आउँदै छ, खोजीलाई थप व्यवस्थित बनाइनेछ,’ उनले भने।


घटनापछि प्रहरी, स्थानीय तथा आफन्तले डोरीको सहायताले नदीमा व्यापक खोजी गरिरहे पनि अहिलेसम्म कार्कीको कुनै अत्तोपत्तो लाग्न सकेको छैन। स्थानीयले बताएअनुसार कार्कीले पुलको मध्यभागबाट नदीमा हाम फालेका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom