Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा वडा अध्यक्ष पक्राउ


प्रहरीले सर्लाहीको मलङ्गवा नगरपालिका –७, का वडाध्यक्ष मो. इशा मिकरानीलाई आइतबार पक्राउ गरेको छ । 


मिकरानीलाई नागरिकतासम्वन्धी कसूर मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । वडाध्यक्ष मिकरानीले रामविश्वास रायलाई झुठो विवरणको आधारमा नागरिकता दिलाएको कसुरमा अनुसन्धानका लागि प्रहरीले आइतबार दिउँसो नियन्त्रणमा लिएको हो ।


मिकरानीविरुद्ध आइतबार नै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी राईले बताउनुभयो । झुठो विवरणको आधारमा नागरिकता जारी भएको विषयमा वडाध्यक्ष मिकरानीको समेत संलग्नता रहेकाले पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले गएको बैशाख २२ गते नै निर्देशन दिएको थियो ।  

Top Post Ad

post bottom ads

Ads Bottom