Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरामा बालिकालाई अनैतिक कार्यमा बाध्य बनाएको आरोपमा चार महिला पक्राउ


साउन १६ गते । कास्कीको पोखरा महानगरपालिका–१८ चिसाखोलास्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेर एक बालिकाको उद्धार गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चार महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।


प्रहरीका अनुसार साउन १४ गते साँझ करिब ६ बजे खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा आर्थिक अवस्था कमजोर भएकी बालिकालाई राम्रो कमाइ हुने प्रलोभन देखाएर होटलमा बोलाउने, त्यहाँ आउने पुरुषबाट रकम लिने तथा बालिकालाई जबर्जस्ती रात बिताउन र अनैतिक कार्यमा संलग्न गराउने गरेको खुलेको हो।


घटनामा संलग्न रहेको आरोपमा पोखरा महानगरपालिका–१८ निवासी ४२ वर्षीया मनदेवी क्षेत्री, ४१ वर्षीया इन्द्रा लामा, ४५ वर्षीया टिकामाया तामाङ र ४० वर्षीया मिनकुमारी गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।


उद्धार गरिएकी बालिकालाई आवश्यक संरक्षण तथा थप कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

#NewsUpdate #CrimeNews #Crime #nepali

Top Post Ad

post bottom ads

Ads Bottom