Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भोटेकोशी बाढीमा मृतकको संख्या १५७ पुग्यो, ४७ शवको पहिचान खुल्न बाँकी


काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। बाढीपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वका विभिन्न स्थानमा शव फेला परेका हुन्।

नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये ३४ जना महिला, ६३ जना पुरुष, ६ बालिका र ७ बालक रहेका छन्। थप ४७ जनाको पहिचान खुल्न सकेको छैन।

जिल्लागत विवरणअनुसार रसुवामा तीन पुरुषको शव फेला परेको छ।

त्यस्तै, नुवाकोटमा ६ महिला र ७ पुरुष तथा धादिङमा १० महिला, १० पुरुष, एक बालिका र पहिचान नखुलेका ६ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।

सबैभन्दा बढी चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक तथा पहिचान नखुलेका २८ जनाको शव फेला परेको छ।

यसैगरी तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जना तथा नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता तथा मृतकको खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ। फेला परेका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने काम भइरहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom