शिक्षक सेवा आयोगले उत्तरपुस्तिका को भिडियो बनाएर टिकटकमा अपलोड गर्ने परिक्षार्थीको परीक्षा रद्द गरिदिएको छ ।
आयोगले परीक्षा केन्द्रबाटै सो भिडियो बनाएर अप्लोड गर्ने उक्त परिक्षार्थिको सो परीक्षा रद्ध गर्नुका साथै आगामी दुई बर्षसम्म अध्यापन अनुमतिपत्रको परीक्षा दिन नपाउने गरि रोक लगाइदिएको हो ।
सुचना जारी गर्दै आयोगले भनेको छ :
'शिक्षक सेवा आयोगबाट मिति २०७१।०४।२८ गते सञ्चालन भएको विज्ञापन नम्बर ३८ / २०७९, निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ श्री त्रिभुवन मा. वि. बोराडाँडी "ख" केन्द्रमा परीक्षार्थी संकेत नम्बर २०००८५०७, रोल नम्बर ३८७२००३१२३ का परीक्षार्थी विनोद कुमार वम्मले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडीयो बनाई सामाजिक सञ्जालमा राखेको पाइएको हुँदा शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम २६ को उपनियम (१) अनुसार निजको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र सोही नियमावलीको नियम ४३ अनुसार आउँदो दुईवर्ष सम्म आयोगबाट सञ्चालन गरीने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्प्रर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाईएको हुँदा जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।'




