Breaking Posts

Type Here to Get Search Results !

तनहुँमा बाघको आक्रमणबाट एकजनाको ज्यान गयो - Brighter Khabar

Top Post Ad


कात्तिक १६,  तनहुँमा नरभक्षी चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । 

व्यास नगरपालिका–१२ छिर्कने निवासी जगदिश कँुँवरको ८ वर्षको छोरा अभिनव कुँवरको मृत्यु भएको घटनास्थल पुग्नु भएका डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

मङ्गलबार साँझ ६ः१५ घरको आँगनीमा बालक खेलिरहेको बेला चितुवाले आक्रमण गरी घरभन्दा दुई सय मिटर पर खरबारीमा लागेको उहाँले जानकारी दिनुभयो । 

चितुवाले बालक लगेपछि गाउँवासीहरु चिच्चाउँदै कराउँदै निस्किएको र खोजी गर्ने क्रममा खरबारीमा बालकलाई मृत अवस्थामा भटिएको श्रेष्ठले बताउनुभयो । नौ दिनअघि मात्रै तनहुँको बन्दिपुर गाउँपालिका ३ सिस्नेघारीमा ११ वर्षीय बिना चेपाङको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो ।


यो पनि : 

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-४ इखाबुको खानीगाउँमा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ। मङ्गलबार खानीगाउँका स्थानीय मङ्गलसिंह तामाङको घर आगलागी हुँदा उक्त क्षति भएको हो।

मङ्गलबार बिहान ९:३० बजेतिर भएको आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको इखाबुका वडाध्यक्ष महेश लाबुङ लिम्बूले जानकारी दिनुभयो। 

वडाध्यक्ष लिम्बूका अनुसार विद्युत् सर्ट भएर घर आगलागी भएको हो। आगलागीले घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायत सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा लाखौँ मूल्य बराबरको क्षति हुन पुगेको वडाध्यक्ष लिम्बूको भनाइ छ।

उहाँकाअनुसार खाद्यान्नमा मकै १६ मुरी, जौ पाँच मुरी, कोदो तीन मुरी, चामल दुई बोरा र धान जलेको छ। त्यस्तै अलैँची दुई मन (८० केजी), एक तोला सुनको गहना, ५४ तोला चाँदी र ९२ हजार रुपियाँ नगदसमेत जलेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो। क्षतिको बाँकी विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो। 

post bottom ads

Ads Bottom