Breaking Posts

Type Here to Get Search Results !

मगरदाङ्गका आमाहरूकाे काम: र'क्सी,जु'वाता'स र ला'गुप'र्दाथ सेवन निषेध देखि नयाँ ज्यालादर, खाद्यन्न र गेडागुडीको मूल्य निर्धारण सम्म - Brighter Khabar

Top Post Ad

प्रकाश अधिकारी,
पाेखरा । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा जुवातास खेल्न तथा लागुपर्दा सेवन गर्न निषेध गरेको आमा समुहकी अध्यक्ष राजमति बुढाले बताउनु भयो । उहाँले गाउँभरिका पसलहरुमा सिसा, वियर तथा रक्सीका कुनैपनि आइटम लिएर बेचविखन गर्न नपाइने नियम बनाइएको बताउनु भयो ।

मालिका गाँउपालिका ५ मगरदाकी निवर्तमान वडा अध्यक्ष पीपला बुढापनि समाजका उन्नत विशेषताहरूको संरक्षण गर्दे विकृति र अडमिल्दा चरित्रहरू परिवर्तन गर्न समुहलाई सल्लाह दिनुहुन्छ । समाजका समस्या र विकृति तथा अवसर र खुबी पहिचान गरी विकृति नियन्त्रण गर्ने र खुबीअनुरूप अवसरको लाभ लिन नागरिकलाई सक्षम बनाउने भूमिका खेल्नु पर्ने  उहाँकाे समुहलाई सझाव छ।

स्थानिय शिक्षक तथा समुहकी सविच सुनिता पुनले सभ्य समाज निमार्णको अभियान सबैको साझा भएको बताउनु भयो । उहाँले सकरात्मक समाज परिवर्तन आमा समुहले जुवातास खेल्न, मद्यपान तथा लागुपदार्थ सेवन विरुद्ध सचेतना मुलक कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । हामीले समाजमा मद्यपान, जुवातास तथा लागुपर्दाथ सेवन गर्न निषेध गरेका छौँ । कसैले नियमविपरित कार्य गर्ने गराउने रक्सी खाएर समाजमा हो–हल्ला, झैझगडा तथा अशान्ती फैलाउने व्यक्तिलाई पहिलो पटक रु ५,०००। दोस्रो पटक रु १०,००० । र तेस्रो पटक १५,००० । जरिवाना सहित प्रहरी प्रशासनलाई जिम्मा लगाइने नियम बनाइएका छौ । उहाँले भन्नु भयो ।

समुहले गाँउसभा बाेलाएर सामाजिक नीतिहरूमा केही कडाइ गरकाे छ भने निरन्तररूपमा समुह / टाेलटाेलमा सेचतना कार्यक्रम , घरदैलाे तथा नियमित सरसफाइ कार्यक्रम संचालन गरिरहेकाे छ ।

नयाँ ज्यालादर, खाद्यन्न र गेडागुडीको मूल्य निर्धारण

साथै समुहले खाद्यन्नको मूल्य निर्धारण तथा नयाँ ज्यालादर पनि तोकेको प्रेस नोट मार्फत जनाएको छ । समुहका अध्यक्ष राजमति बुढाथोकी पुन,सचिव सुनिता पाइजा पुन , कोषाध्यक्ष जुना घर्ती, देउताभिर युवा क्लबका अध्यक्ष दोरन फगामी र गाँउ सुधार समितीका अध्यक्ष कुमार फगामीले हस्ताक्षर गरेको नोटमा समुहले तोकेको समय, मूल्य तथा निषेधित कार्य गर्ने गराउन उस्काउने सबैलाई कानूनबमोजिम कारवाहीको लागि सिफारिस समेत जानकारीको लागि अनुरोध छ गरीएको छ ।


post bottom ads

Ads Bottom