Breaking Posts

Type Here to Get Search Results !

घुस मागेको अडियो सार्वजनिक भएपछी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ठाकुर निलम्बित- Brighter Network

Top Post Ad


माघ २७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख (महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई सरकारले निलम्बन गरेको छ ।

थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो सार्वजनिक भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख  ठाकुरलाई सरकारले निलम्बन गरेको हो  ।

‘थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले गैर कानूनी रुपमा लाभ लिने उदेश्यले गरेको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न मन्त्रिस्तरको निर्णय अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकलाई लेखि पठाइएको छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको मन्त्रिस्तरीय निर्णयका आधारमा महाप्रबन्धकलाई निलम्बनका लागि प्राधिकरणका महानिर्देशकलाई पत्राचार गरिएको हो ।

ठाकुर दुई वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत थिए ।

post bottom ads

Ads Bottom