स्याङ्जा , चैत २ । पुतलीबजार नगरपालिका स्याङ्जाले खाद्यान्न बालीको उन्नत वीउ संकलन कार्यक्रमका लागि सूचना जारी गरेको छ ।
पुतलीबजार नगरपालिकाको कृषि विकास शाखामा धानको बीउ , जात र परिणाम उपलब्ध गराउन अनुरोध गर्दै नगरपालिकाले सूचना जारी गरेको हो ।
" सम्पूर्ण वडाहरुमा आवस्यक धानको वीउको जात र परिमाण माग संकलन गरि उल्लेखित मितिले १ हप्ता भित्र पुतलीबजार नगरपालिकाको कृषि विकास शाखामा उपलब्ध गराइदिनुहुन अनुरोध छ ।" सूचनामा भनिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को संघिय सशर्त हस्तान्तरित कार्यक्रम अन्तर्गत खाद्यान्न बालीको उन्नत वीउ वितरण कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
प्रकाशित सूचनामा भनिएको छ :
"प्रस्तुत विषयमा आ.व २०७९/८० को संघिय सशर्त हस्तान्तरित कार्यक्रम अन्तर्गत खाद्यान्न बालीको उन्नत वीउ वितरण कार्यक्रम रहेको हुँदा सम्पूर्ण वडाहरुमा आवस्यक धानको वीउको जात र परिमाण माग संकलन गरि उल्लेखित मितिले १ हप्ता भित्र पुतलीबजार नगरपालिकाको कृषि विकास शाखामा उपलब्ध गराइदिनुहुन अनुरोध छ ।"






