जग्गाको बाहानामा फिल्मी शैलीमा ३२ लाख रुपैयाँ ठगि गर्ने गिरोह पक्राउ परेको छ ।
चैत ३० गते झापाको बिर्तामोड बसपार्क नजिकै रहेको दुई कट्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएकी विष्णुमाया सापकोटा सुवेदीको ३२ लाख रुपियाँ ठगेर फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
स्थानीय अनिल विश्वकर्मालाई साक्षी राखेर उहाँले जग्गा उपलब्ध गराउँछु भन्ने चिनजानकै ब्याक्ति विजय राई सहितले ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा लागेको छ ।
कमल गाउँपालिका वडा नं. ५ बस्ने राईको विश्वासमा सापकोटाले ३२ लाख नगद दिनु भएको र जग्गा बैना गर्ने सापकोटा सँगै बोलाउने राई अगाडि नै चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बिना कागज ३२ लाख रुपियाँ लिएर राई सहितका ब्याक्ति फरार भएपछि पीडितले तत्कालै प्रहरीलाई खबर गरेकी थिइन् ।
प्रहरीले खोजतलास सुरु गर्दा घटनामा संलग्न ४ जना मध्ये २ जना इलामबाट र २ जना झापाबाट पक्राउ परेको गरेको हो ।
इलाम नगरपालिका वडा नं. ७ पुरानो बसपार्कको एक होटेलमा लुकेर बसेका श्रेष्ठ र रेग्मीको साथबाट १४ लाख ६५ हजारसहित प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।





