तनहुँ , ४ वैशाख । हिजो दिउसो करिब साढे ४ बजे तिरको समयमा तनहुँ जिल्लाको घिरिङ गाउँपालिका वडा नम्बर २ पार्वती आधारभूत विद्यालयमा कार्यरत शिक्षकहरू करेन्ट लागेर घाइते भएका छन् ।
विद्यालय छुट्टी भई घर फर्कने क्रममा ग १३ प ७०९ न. को मोटरसाइकल सडक छेउमा लत्रिएको थ्री फेसको लाइनको तारमा छुन गई करेन्ट लाग्न जाँदा मोटरसाइकलमा सवार दुवै शिक्षक करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।
लमजुङ मध्य नेपाल नगरपालिका–७ कपरपुटारका ५० वर्षीय तीर्थ घिमिरे ( सवारी चालक) र बझाङ तल्लो कोट गाउँपालिका वडा नं. २ बस्ने २७ वर्षीय जीवन रोकाया करेन्ट लागेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएका दुवै शिक्षकलाई उपचारको लागि पोखरा पठाइएको खबर प्राप्त भएको छ ।





