Breaking Posts

Type Here to Get Search Results !

विद्यालयको नाममा नेपालीपन खोज्दै महानगर

Top Post Ad

  

गाेपाल खनाल

  बैशाख १७ पोखरा 

काठमाण्डौ महानगरपालिकाले विद्यालयको नाम नेपालीपन झल्कने गरि राख्नुपर्ने तर्फ ध्यान केन्द्रित गराएको छ । विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन महानगरले यो कदम चाल्न लागेको हो । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ मार्फत् महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित विद्यालयको नाम र चिह्नमा एकरुपता ल्याउन लागेको बारे मेयर बालेन्द्र शाहले फेसबुक स्टाटसमार्फत् थप प्रष्ट पारेका  छन् । 

नयाँ नियम अनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सक्नेछ। 

यस्तै, समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्नेछ । तर यो नियम प्रारम्भ हुनुभन्दा अगावै यस नियम विपरीत नामकरण भैसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुनेगरी पुनःनामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने छ। 

कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ, कुनै संस्थागत विद्यालयले आफ्नो नाममा नेशनल शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेशनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ। विद्यालयको नामको अन्तमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्नेछ। 

विगतमा पनि यस बारे कुरा उठे पनि लागु  भने हुन सकेकाे थिएन । अहिले पुनः याे विषयकाे उठान भएसँगै यस बारे सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।

post bottom ads

Ads Bottom