काठमाडौं, जेठ ९ गते । मन्त्रिपरिषद्को बैठकले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा प्रत्येक वर्षको असोज २ गते सो दिवस मनाउने निर्णय गरेको बताइन् ।
त्यस्तै निर्णय सार्वजनिक गर्दै मन्त्रि शर्माले परराष्ट्र मन्त्रालयको प्रस्तावमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति तेस्रो संशोधन आदेश, २०८० लाई स्वीकृत गर्ने निर्णय गरेको समेत बताइन् ।
त्यस्तै मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा शिक्षा क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैङ्कबाट प्राप्त हुने एक सय २० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गर्ने निर्णय गरेको छ ।





