![]() |
| सांकेतिक तस्विर |
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धान प्रतिवेदनका अनुसार प्रतिक थापा, केशव तुलाधर, हरिभक्त महर्जन, राजेश अर्याल, लक्ष्मी महर्जन, धिरेन राई, मोहनराज राई, नीरज राई, सुनिता बुढाथोकी, विनीता लिम्बु, दीपा हुमागाईँ, निरञ्जन बहादुर खरेल, आशीष बुढाथोकी र अशोक पौडेल फरार रहेको उल्लेख छ । फरारमध्ये अशोक पौडेल अमेरिकामा रहेको प्रहरीको दाबी छ ।
यसैगरी, संविधान सभा सदस्य आङ्टावा शेर्पा, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी अधिकारकर्मी नेता टेकनाथ रिजाललाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । यसै गरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राई, सानु भण्डारी, केशव दुलाल, टङ्क गुरुङ, सन्दीप शर्मा, नरेन्द्र केसी, सागर राई र सन्देश शर्मामाथि अनुसन्धान भइरहेको छ ।





