Breaking Posts

Error 505: The Server is unavailable to connect ! {Refresh Try Again}
Type Here to Get Search Results !

पोखराबाट विभिन्न किसिमका लागू औषध सहित एकजना पक्राउ - Brighter Khabar

Top Post Ad


पोखरा -जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न किसिमका लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कास्की पोखरा महानगरपालिका वडा नम्बर ०८ ईन्द्रपुरी टोल बस्ने वर्ष ३७ का दीक्षित तुलाचनलाई लागू औषध सहित पक्राउ गरेको हो । 

गएको आइतबार लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा, वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा खटिएको प्रहरी टोलीले तुलाचनलाई लागू औषध सहित पक्राउ गरेको हो ।

निजको कोठामा खानतलासी गर्दा ८ ग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, ब्रुफिनुर्फिन ६७ एम्पुल, डाईजापाम ७० एम्पुल, फेनेरागन ६७ एम्पुल गरी जम्मा २०४ एम्पुल, लागू औषध गाँजा ४७० ग्राम, नाइट्रोभ्याट ३०५ ट्याब्लेट, डिजिटल तराजु २ थान (१ थान ठुलो, १ थान सानो) र मोबाइल १ थान फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार निजलाई पक्राउ गरी सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाइएको ।

post bottom ads

Ads Bottom