गत  असार २८ गते पक्राउ परेका केशव  जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका थिए  ।
उनलाई पुनः  ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको परहरिले जनाएको छ  ।
सरकारी जग्गा हिनामिना प्रकरणमा तुलाधरको पनि  संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए  ।
केशव  भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर आज रु १५ लाख धरौटीमा छुटेका थिए ।
प्रहरीका अनुसार  उनलाई  जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको र आजनै  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने छ ।





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
