असार ३१ , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य  घटाएको छ ।
निगमले  एलपी ग्यासको मूल्यमा १० रुपैयाँ घटाएको छ। यो सँगै  अब एलपी ग्यासको १८ सय रुपैयाँबाट घटेर १७९० रुपैयाँ पुगेको छ। 
त्यस्तै निगमले   पेट्रोलमा ६ रुपैयाँ  र डिजेलमा ४ रुपैयाँ घटाएको छ।
त्यस्तै नेपाल आयल निगमको आज बसेको २३३५औँ सञ्चालक समितिको बैठकले साउन १ बाट लागू हुने गरी पेट्रोलमा स्वचालित मूल्य लागु हुने जनाएको छ  ।
यो सँगै  आगामी दिनहरूमा भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढ्दा मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ। 





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
