असार २०, इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार आमा छोरीको ज्यान गएको हो ।
दुर्घटनामा इटहरी ८ की ३९ बर्षीय सरिता चौधरी र उनकी २२ वर्षिया छोरी अनुष्काको ज्यान गएको हो । सरिता चौधरीको घटनास्थलमै र उनकी घाइते भएकी छोरी अनुष्काको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा गएराती ज्यान गएको हो ।
घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो ।
तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन् ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





