Breaking Posts

Type Here to Get Search Results !

सर्वोच्चले उल्ट्याई दियो सरकारको निर्णय , जेल मिनाहा पाएका रिगललाई पक्राउ गरेर जेल हाल्न आदेश - Brighter Khabar

Top Post Ad


कात्तिक १६, सरकारको माफी दिने निर्णयलाई उल्टाउँदै सर्वोच्चले योगराज ढकाल (रिगल) लाई पुनः पक्राउ गर्न आदेश दिएको छ ।

चेतन मानन्धरको हत्या अभियोगमा कैद सजाय भोगिरहेका रिगललाई सारकारले दिएको कैद मिनाहालाई आजको सर्वोच्चको इजलासले उल्टाइदिएको हो । 

बिहीबार बसेको कायममुकायम प्रधानन्यायाधीश ईश्वर प्रसाद खतिवडा , कुमार चुँडाल र सपना प्रधानको इजलासले उनको कैद सजाय बदर गर्ने परमादेश दिएको हो ।

संविधान  दिवसमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट योगराज ढकाल रिगलको बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकाले बदर हुने  भन्दै सर्वोच्चले सरकारको निर्णय उल्टाई दिएको हो । मानन्धरको हत्या गरेपछि अदालतबाट जन्मकैद सजाय पाएका रिगललाई राष्ट्रपतिले कैद माफी दिएका थिए । 

रिगललाई संविधान दिवसको अवसर पारी सरकारले जेलमुक्त गराएको   थियो । उक्त निर्णय विरुद्ध पीडित चेतन मानन्धरकी पत्नी भारती मानन्धरले गएको आश्विन २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

रिगलको खुकुरी प्रहारबाट २०७२ असार २९ गते  चेतन मानन्धरको मृत्यु भएको थियो। घटनापछि भागेर भारत लुकेका उनलाई प्रहरीले पक्राउ गरेर नेपाल ल्याइ मुद्दा दायर गरेको थियो। 

पछिल्लो समय कैद मिनाहाको सन्दर्भलाई लिएर सर्वसाधारण तहदेखि नै  सरकार आलोचित बन्दै आइरहेको छ  ।

post bottom ads

Ads Bottom