Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

मलेसियामा अलपत्र तीन नेपालीको उद्धार, दूतावासको पहलमा सुरक्षित रूपमा स्वदेश फिर्ता





क्वालालम्पुर । मलेसियामा गैरकानुनी रूपमा बस्दै आएका आर्थिक तथा स्वास्थ्य अवस्था अत्यन्तै कमजोर तीन जना नेपाली नागरिकको उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइएको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासले गम्भीर स्वास्थ्य समस्या र आर्थिक अभावका कारण स्वदेश फर्कन असमर्थ बनेका ती नेपाली नागरिकलाई आवश्यक सहयोग प्रदान गर्दै मातृभूमि फर्कन सहजीकरण गरेको जनाएको छ।

दूतावासका अनुसार विभिन्न समयमा अन्य व्यक्तिको सहयोगमा दूतावाससम्म आइपुगेका ती तीन जना नेपाली नागरिक स्वास्थ्यका साथै मानसिक रूपमा पनि असन्तुलित अवस्थामा रहेका थिए। प्रारम्भिक मूल्याङ्कनपछि उनीहरूलाई उपचारका लागि क्रिस्टिनास केयरगिभिङ होम केयर सेन्टरमा पठाइएको थियो।

करिब दुई हप्ता लामो उपचारपछि उनीहरूको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आएपछि दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल डकुमेन्ट) जारी गरेको थियो। साथै, मलेसियाको अध्यागमन विभागमा समन्वय गरी अवैध रूपमा बसेको अवधिको ओभरस्टे जरिवाना शुल्कसमेत भुक्तानी गरिएको दूतावासले जनाएको छ।

स्वास्थ्यमा सुधार भई प्राविधिक रूपमा स्वदेश फर्कन योग्य बनेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका भूतपूर्व अध्यक्ष विनोद थापाले मानवीय सहयोग स्वरूप उनीहरूका लागि हवाई टिकटको व्यवस्था गर्नुभएको थियो।

नेपाली दूतावासले मलेसियामा रहेका प्रवासी नेपाली, नेपाली व्यवसायी तथा विभिन्न नेपाली संघ–संस्थाहरूको निरन्तर सहयोगका कारण यस्ता उद्धार कार्य सफल हुँदै आएको उल्लेख गर्दै सहयोगी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom