उहाँका अनुसार जेठ २२ गते मंलबार बेलुका १२ बजेको समयमा १५ वर्षीय नाबालिलाई कोठामा प्रवेश गरी बलजबस्ती मुख थुनी जबरजस्ती बलात्कार गरेको उनीमाथि आरोप छ । पीडित नाबालिकाको जाहेरी दरखास्तका आधारमा बलात्कारी आरोपी मुकेश पासवानलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेलगत्तै आरोपी मुकेश पासवानलाई करणी उद्योग कसुर शीर्षकमा शुक्रबार मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थप गरी घट्नाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।






