बचतकर्ताको रकम अपचलन गरेको आरोपमा लालीगुराँस सहकारीका अध्यक्ष सहित पक्राउ परेका ४ जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई शुक्रबार काठमाडौँको विभिन्न स्थानहरूबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।
संस्थाका अध्यक्ष ७६ वर्षीय अमरदास श्रेष्ठ, सचिव तथा प्रमुख कार्यकारी अधिकृत ४६ वर्षीय सुरेन्द्र भण्डारी, कोषाध्यक्ष ७५ वर्षीय अमृतकुमार अर्याल र सदस्य ६१ वर्षीय कमदबाबा जोशी प्रधानलाई प्रहरीलेले पक्राउ गरेको हो ।
बचतकर्ताहरूको निक्षेप अपचलन गरी ठगी गरेकोमा उनीहरु विरुद्ध २०८० चैत १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी कसुरमा मुद्दा दर्ता भएको थियो।
सहकारी संस्था खोली सर्वसाधारण मानिसहरूलाई आकर्षक ब्याज दिने र चाहिएको बखत जम्मा भएको रकम झिक्न पाइन्छ भन्ने विश्वास दिलाई सञ्चालकहरूलाई लाभ र बचतकर्तालाई हानी पुर्याएको उनीहरूमाथि आरोप छ।





