साउदीअरवबाट केही दिनअघि शव नेपाल आएपछि परिवारका सदस्यसहित लेटाङ नगरपालिकाका निवर्तमान नगरप्रमुख शङ्कर राई, वडा ३ का निवर्तमान वडाध्यक्ष देवराज चाम्लिङ लगायत काठमाडौंमा शव बुझ्नु भएको थियो ।
पछिल्लो पटक १३ वर्षअघि नेपाल आएर साउदी गएपछि चौधरी नेपाल फर्किनु भएको थिएन । पारिवारिक स्रोतका अनुसार श्रीमती दुई छोरा, एक बुहारी र एक छोरीका अभिभावक चौधरीको बसाइमा कानुनी समस्या भएपछि उहाँको शव आउन ढिलो भएको थियो ।