डि आर काफ्ले,
पोखरा , साउन ५ गते । पोखराबाट एक जना युवक सम्पर्कविहीन भएका छन् । 
३७ वर्षीय भिजिन्द्र बुढा पोखरा १५ घले चोकबाट सम्पर्कविहीन भएका हुन् । म्याग्दीको धौलागिरि गाउँपालिका वडा नम्बर ३  दर स्थायी ठेगाना भएका बुढा  पोखरा १५ नयाँ गाउँमा उनकी आफ्नै बहिनी मनीषा बुढा सँग बस्दै आएका थिए ।   बहिनी औषधि लिन बाहिर निस्केका बेला कसैलाई नसोधी निस्केका  भिजिन्द्र साउन ४ गते शुक्रवार देखि हराएका हुन् ।
दैनिक डिप्रेसनको औषधि प्रयोग गर्ने उनी सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन उनकी बहिनी मनीषाले ब्राइटर नेटवर्क सँग अनुरोध गरेकी छिन् ।  
प्रहरीकोमा रिपोर्ट गरे पनि अहिले सम्म कुनै खबर नपाएको  भन्दै देख्ने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन  अथवा ९८२५१०२४२० र ९८६३०४२१९२ मा सम्पर्क गरिदिन बहिनी मनीषाले आग्रह गरेकी छिन् ।
बहिनीका अनुसार  हराएको बखत उनले रातो रङ्गको टिसर्ट र पहेँलो धर्का भएको कालो ट्र्याक लगाएका थिए । 





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
