Breaking Posts

Type Here to Get Search Results !

कक्षा ९ मा पढ्ने दुई किशोरीको पौडी खेल्ने क्रममा डुबेर ज्यान गयो - Brighter khabar

Top Post Ad


साउन ११ गते। पौडी खेलिरहेका एकै घरका दुई किशोरीलाई   छामघाट खोलाले बगाएर ज्यान गएको छ। 


महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो।


गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको तीन किलोमिटर तल काफलखेत नजिक सपना र करिब सात किलोमिटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको हो। 


उद्धारको प्रयास भए पनि खोला धमिलो र बहाव पनि धेरै भएको कारण केहिगरी उद्दार गर्न नसकेको स्थानीय बिष्णु बुढाले बताउनुभयो। मृतक  दुबै जना मालिका मावि बाँसीको कक्षा ९ का विद्यार्थी हुन्। 

post bottom ads

Ads Bottom