साउन १, पोखरा । कास्की प्रहरीले १ सय २९ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । असार १ गतेदेखि ३१ गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत प्रहरी कार्यालयहरू समेतबाट खटिएको प्रहरी टोलीले अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका १२९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरेको हो ।
प्रतिवादिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि कास्की जिल्ला अदालतमा बुझाइएको छ । निजहरूबाट ९ वर्ष ७ महिना १० दिन कैद सजाय र दुई करोड नब्बे लाख तीन हजार सात सय त्रियासी जरिवाना असुल गर्नको लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा चेक अनादरमा ३३ जना, बैङ्किङ कसुर ६ जना, वन पैदावार (काठ) को अनियमित निकासीमा २ जना, घरेलु हिंसामा १ जना , बिगोमा ५ जना, सवारी ज्यानमा १ जना, नकबजनी चोरीमा ६ जना, अभद्र व्यवहारमा ४ जना, लागू औषधमा ५ जना, साधारण चोरीमा २ जना, केही सार्वजनिक अपराधमा १३ जना, जुवा तासमा ९ जना, ज्यान मार्ने उद्योगमा १ जना, पशुपक्षी सम्बन्धी कसुरमा ६ जना, सम्बन्ध विच्छेदमा १८ जना, नाता कायममा ५ जना, जालसाजीमा ५ जना, झुट्टा बकपत्र गरेकोमा २ जना, कुटपिटमा १ जना र लेनदेनमा ४ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


.jpg)

