भदौ १६ गते । गोरखामा बलेरो जीप र ट्याक्सी जुधेर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । शनिबार गोरखा आँबुखैरनी सडक खण्डअन्तर्गत गोरखा नगरपालिका –८ स्थित खोलखोलेमा बेलुका ५ः३० बजे गोरखा सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बोलेरो जिप र बिपरीत दिशाबाट आउँदै गरेको ट्याक्सी एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार ग ३ च ४९५३ नम्बरको बोलेरो र ग १ ज ७९६१ नम्बरको ट्याक्सी एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ट्याक्सीमा सवार गोरखाको शहिद लखन गाउँपालिका ६ का ४५ बर्षीय अमिता थापा मगर घाइते हुनु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनमा घाइते भएका थापा मगरको टाउको र निधारमा चोट लागेको छ । उनलाई प्रहरी र स्थानीयको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल गोरखामा पठाइएको छ ।
ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





