Breaking Posts

Type Here to Get Search Results !

भन्सार छलीका लत्ताकपडा र भाँडाकुडासहित तीन जना पक्राउ - Brighter Network

Top Post Ad


आश्विन १, मकवानपुर प्रहरीले ३१ लाख रुपैयाँ बराबरको भन्सार छलीका लत्ताकपडा र भाँडाकुडासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।


प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम लोकमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्दा पथलैयाबाट हेटौंडा आउँदै गरेको भारतीय नम्बर प्लेटको बसमा लुकाईछिपाई ल्याइएको अवस्थामा अवैध कपडा, भाँडाकुँडा लगायत अन्य विभिन्न सामान बरामद गरेको हो ।


मकवानपुरका प्रहरी प्रवक्त लक्ष्मी भण्डारीका अनुसार बसको विभिन्न भागमा फल्स बटम बनाई ल्याइएका कपडा लगायतका समान प्रहरीले विशेष सूचनाका आधारमा बरामत गरेको हो ।


अवैध सामानसहित प्रहरीले पश्चिम बंगाल मदेनिपुर भारतका बस चालक ३१ वर्षिय सदाम खान, सहचालक सोही स्थानका जयदेव हेमराम र बसका अर्का चालक भारत पश्चिम बंगाल वंकुराका ३८ वर्षका काली मुडीलाई पक्राउ गरेको छ ।


प्रहरीले १ हजार ६० थान कुर्ती, तुलसी १५० ग्रामको २ सय ७० थान, mयगव mबकतष् मचयम लेखेको ९ सय ६० थान, तामाको सानो कचौरा १४ थान, सुन सफा गर्ने ब्रस ३६ थान, प्लेट १२ थान, ग्गास लाईटर लगायतका सामान बरामत गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।


उक्त बरामद कपडा लगायत अन्य सामान, पक्राउ परेका व्यक्ति र बसलाई आवश्यक कारबाहीका लागि प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको छ ।

post bottom ads

Ads Bottom