Breaking Posts

Type Here to Get Search Results !

पोखरामा जेब्रा क्रसबाट बाटो काटेकी महिलालाई तीव्र गतिको ट्रकले ठक्कर दिँदा ज्यान गयो - Brighter Network

Top Post Ad


पोखरा, पोखरा महानगरपालिका वडा नं. २५ याम्दीमा आइचर ट्रकले जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पैदल यात्रीको ज्यान लिएको छ ।

घान्द्रुकबाट पोखरातर्फ आउँदै गरेको ग २ ख १४६० नं. को आइचर ट्रकले जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पैदल यात्री जिल्ला पूर्वी रुकुम घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२५ याम्दी बस्ने वर्ष ५५ की धन कुमारी बुढाको ज्यान गएको हो ।

ट्रकको ठक्करबाट घाइते भएकी बुढालाई उपचारको लागी मणिपाल शिक्षण अस्पताल पठाइएकोमा  चेकजाँचको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

उक्त सवारी साधन र सवारी चालक जिल्ला पाँचथर फाल्गुनन्द गा.पा. वडा नं. ३ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगर वडा नं. १ बगर बस्ने ४५ वर्षीय  पृथी प्रसाद तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

post bottom ads

Ads Bottom