फाल्गुन १५, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। हिउँद सकिन लाग्दा पश्चिमी वायु सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार मधेश प्रदेश बाहेक देशका अधिकांश क्षेत्रमा चट्याङसहित पानी पर्न सक्छ। विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू तथा अन्य पहाडी क्षेत्रमा एक-दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ।
त्यसैगरी, सुदूरपश्चिम र कर्णालीका केही स्थानहरूमा तथा अन्य उच्च पहाडी र हिमाली भूभागका एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।
हिउँदको अवधि मंसिर १६ देखि फागुन १६ गतेसम्म मानिन्छ। यस अवधिमा सामान्यत: ६० मिलिमिटर वर्षा हुने गरे पनि यस वर्ष मात्र १० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।





