Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनचाँदी पसल चोरी प्रकरणमा सञ्चालक र कर्मचारीकै संलग्नता, घरबाट सुन–चाँदी बरामद



बुटवल, जेठ २७ — बुटवलको अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा गत जेठ १७ गते राति भएको चोरी घटनामा पसल सञ्चालक र कर्मचारीकै संलग्नता रहेको खुलासा भएको छ।

रूपन्देही जिल्ला प्रहरी कार्यालयले एक सातासम्म गरेको अनुसन्धानबाट पसल सञ्चालक दीपक सेन्चुरी र कर्मचारी नवीन विक चोरी घटनामा संलग्न रहेको पुष्टि भएको जनाएको छ।

रूपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीका अनुसार अनुसन्धानका क्रममा सञ्चालक सेन्चुरीको घरबाट ५ तोला सुन र २५ तोला चाँदी बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा रातिको समयमा पसलको च्यानल गेटको ताला खोली सटर करिब एक फिट माथि उठाएर भित्र प्रवेश गरिएको देखिएको थियो। त्यस्तै, सुन तथा गरगहना राखिएको लकर खोल्न करिब ५० वटा फरक–फरक चाबी प्रयोग गरिएको तथ्यसमेत फेला परेको प्रहरीले जनाएको छ।

घटनापछि सञ्चालक सेन्चुरीले करिब ७० तोला बराबरका सुनका गरगहना तथा काँचो सुन चोरी भएको भन्दै प्रहरीमा जानकारी दिएका थिए। तर विस्तृत अनुसन्धानपछि चोरी योजनाबद्ध रूपमा गराइएको र त्यसमा पसलभित्रकै व्यक्तिहरूको संलग्नता रहेको खुलेको प्रहरीको भनाइ छ।

प्रहरीले दुवै जनाविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom