Breaking Posts

Type Here to Get Search Results !

दुर्घटना गराएर फरार रहेका एक पुरुष प्रहरीको नियन्त्रणमा - Brighter Network

Top Post Ad


माघ २१ गते । माघ १९ गते राति नेपालगन्ज ११ मा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा फरार रहेका अर्को मोटरसाइकलका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार शनिबार राति नेपालगन्ज–११ ईदगाह रोडस्थित त्रिभुवन चोक जाने बाटोमा दुई वटा मोटरसाइकल ठोक्किदा बर्दियाको राजापुर नगरपालिका–१० का २३ वर्षीय देव नारायण थारूको मृत्यु भएको थियो । 


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी आयूश प्रसाद जोशीले थारू सवार भे १० प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएको चालक र मोटरसाइकललाई प्रहरीले दुई दिनपछि नियन्त्रणमा लिन सफल भएको बताए । 


उनले ठक्कर दिएर फरार रहेको चालक र मोटरसाइकलको खोजतलास गर्ने क्रममा ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकललाई लुकाएर राखिएको अवस्थामा नेपालगन्ज–७ रानीतलाउबाट बरामद गरेको बताए। 


बरामद गरिएको उक्त ठक्कर दिने भे २ प २९५८ नम्बरको मोटरसाइकल चालक सोही वडाका ५० वर्षीय राकेश वाल्मीकीलाई पनि घरबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता डिएसपी जोशीले जानकारी दिए।  


ठक्कर दिएर फरार भई लुकाएर राखिएको उक्त मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालयमा लगेर त्यसका चालक वाल्मिकीसँग घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


सो दुर्घटनापछि प्रहरीले नेपालगन्ज ११ र सो वरिपरिका क्षेत्रमा प्रहरी परिचालन गरेर दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको खोजी गरेको थियो । 

post bottom ads

Ads Bottom