Breaking Posts

Type Here to Get Search Results !

फेरि पनि खुलेआम नेपालमा लागुऔषध कारोबार गर्ने भारतीय नागरिक पक्राउ - Brighter Network

Top Post Ad


फागुन २३ गते, सप्तरी — सप्तरी प्रहरीले ठूलो मात्रामा लागूऔषध गाजासहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, फागुन १९ गते राजविराज नगरपालिका–९ मलेठस्थित एक गोदाममा छापा मार्दा बोरामा प्याक गरिएको अवस्थामा ठूलो परिमाणमा गाजा फेला परेको थियो।  


प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार, उक्त छापा प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा मारिएको थियो। प्रारम्भिक अनुसन्धानमा गोदामबाट २४५१.५ किलोग्राम गाजा बरामद गरिएको थियो, जसको प्याकिङ सामग्री हटाएपछि वास्तविक तौल २४१९.५ किलोग्राम रहेको पुष्टि भएको छ।  


यसै क्रममा सोही गोदाम अगाडि भारतको बिहार राज्य, मधुबनी जिल्लास्थित छतापुर निवासी ६६ वर्षीय रामनारायण यादवलाई फागुन २१ गते अपराह्न ४ बजे पक्राउ गरिएको थियो। जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी यादवमाथि अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए।  


प्रहरीका अनुसार, यादव लागूऔषध तस्करीमा संलग्न गिरोहसँग सम्बन्धित हुनसक्ने आशंका गरिएको छ, र घटनाबारे थप अनुसन्धान जारी छ।

post bottom ads

Ads Bottom