नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार आन्दोलनकारीले बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो।
प्रवक्ता आचार्यले जानकारी दिनुभयो, “निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि फोर्स प्रयोग गर्नु परेको हो।”
घटनामा १९ जना शिक्षक, ५ जना प्रहरी र एक जना पत्रकार (सबिना कार्की) घाइते भएका छन्। घाइतेहरुको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।