Breaking Posts

Type Here to Get Search Results !

भान्सामा काम गरिरहेकै बेला घरमाथि चट्याङ खसेपछि - Brighter Network

Top Post Ad


चैत २९, खोटाङ — खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीमा चट्याङ लागेर दुई महिला गम्भीर घाइते भएका छन्। बिहीबार अपराह्न भएको चट्याङले कृष्णमाया खड्का र देविका भुजेललाई गम्भीर असर पुर्याएको हो।


कृष्णमाया भान्सामा काम गरिरहेकै बेला घरमाथि चट्याङ खस्दा उनी बेहोस भएको आफन्तहरूले बताएका छन्। चट्याङ लाग्नेबित्तिकै घरभित्र आगोको ज्वाला छिरेजस्तो देखिएको र केहीबेरपछि कृष्णमायालाई अचेत अवस्थामा भेटिएको स्थानीयको भनाइ छ।


देविका भुजेल भने चट्याङको डरले अत्तालिँदा भित्तामा ठोक्किएर टाउकोमा गहिरो चोट लागेको बताइएको छ। उनको टाउकोमा पाँच टाँका लगाइएको छ। दुवै घाइतेलाई वडा नं. २ डाँडागाउँस्थित आधारभूत अस्पताल ओख्रेमा उपचार भइरहेको छ। गाउँपालिका अध्यक्ष लोकेन्द्र राई स्वयं गाडीमा राखेर दुवैलाई अस्पताल पुर्‍याएका हुन्।


यसैबीच, खोटाङमा झण्डै सात महिनापछि परेको वर्षाले कृषकहरूमा उत्साह भरिएको छ। गत असोजयता वर्षा नभएको जिल्लामा बिहीबार करिब ६ घण्टा लगातार पानी परेको हो। लामो समयको खडेरीपछि वर्षा भएपछि किसानहरू हिउँदे बाली लगाउने तयारीमा जुटेका छन्।

post bottom ads

Ads Bottom