Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पत्रकारिताबाट साहित्यसम्मको यात्रा : कमल पौडेल ‘अथक’को गण्डकी प्रज्ञा प्रतिष्ठान कूलपतिमा दाबी


पोखरा — पत्रकारिता र साहित्य क्षेत्रमा एकैसाथ सशक्त उपस्थिति जनाउँदै आएका कमल पौडेल ‘अथक’ले गण्डकी प्रज्ञा प्रतिष्ठानको रिक्त कूलपति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। प्रतिष्ठानले पद रिक्त भएपछि खुला आवेदन माग गरेअनुसार पौडेलले कार्ययोजनासहित ३१ औं नम्बरमा आवेदन दर्ता गराएका हुन्।


दैनिक जीवनका धून र जनजनको भावनालाई कलात्मक अभिव्यक्तिमा उतार्न खप्पिस पौडेलले कूलपति पदमा सिफारिस भएमा गण्डकी प्रदेशको सांस्कृतिक पहिचान संरक्षणमा आफू पूर्ण रुपमा समर्पित हुने बताएका छन्। लोकगीत, संगीत, भाषा, कला, साहित्य, भेषभूषा र सांस्कृतिक सम्पदाको खोज, अनुसन्धान, विकास, संरक्षण तथा प्रवर्द्धनलाई प्रमुख प्राथमिकता दिने उनको योजना छ।


वि.सं. २०४८ सालदेखि लोकसंगीतको यात्रामा पाइला टेकेका अथकले २०५७ मा ‘रोएकी चेली’ गीत संग्रह प्रकाशित गर्दै साहित्यिक यात्रा थालेका थिए। त्यसपछिका वर्षहरूमा उनले ‘जाउँलाबाटो भरतपुर’, ‘गजेको भोटो’ (गजल संग्रह), ‘हाँडीका मकै’ (हाइकु संग्रह), ‘सामन्तको मलामी’, ‘बसुन्धरा’ (खण्डकाव्य), ‘जनताको शासन’ (गीत संग्रह), ‘प्रेमको मधुमास’ (गजल संग्रह), ‘उल्टो वाँसुरी’ (उपन्यास) लगायत गरी १९ वटा साहित्यिक कृति प्रकाशित गरिसकेका छन्।


पत्रकारितामा झण्डै तीन दशक सक्रिय पौडेलको साहित्यिक योगदानले उनलाई गण्डकीको मौलिक आवाजका ध्वजावाहक बनाएको छ। अब उनले प्रशासनिक भूमिकाबाट पनि गण्डकीको मौलिकताको संरक्षण गर्न सकिने अपेक्षा व्यक्त गरेका छन्।

Top Post Ad

post bottom ads

Ads Bottom