प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी केदारमान दोङका अनुसार रत्न माया श्रेष्ठ नामक महिलाको घरबाट ३५ बोरा गाँजा बरामद गरिएको छ। ती बोरामा लुकाइएको गाँजाको तौल १,१४३ किलो २७५ ग्राम रहेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि घरधनी रत्न माया श्रेष्ठ (करिब ४१ वर्ष) र त्यही ठाउँकी कमला श्रेष्ठ (करिब ४२ वर्ष) लाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको छ।
प्रहरीका अनुसार हाल उदयपुर जिल्लामा लागू औषधको ओसारपसार र प्रयोग बढ्दो अवस्थामा छ, जसका विरुद्ध सुरक्षाअधिकारिहरूले निगरानी र कारबाहीलाई प्राथमिकतामा राखेका छन्।