पक्राउ परेका व्यक्तिहरूमा कञ्चनपुर स्थायी निवासी र हाल नवलपरासीको कावासेती नगरपालिका–११ बसोबास गर्दै आएका ३४ वर्षीय तेजेन्द्र खड्का र पर्वतको कुश्मा नगरपालिका–१३ का स्थायी बासिन्दा, हाल पोखरा महानगरपालिका–५ पर्स्याङमा बस्दै आएका ३२ वर्षीय टिकाराम विक रहेका छन्।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरूले पोखरा क्षेत्रका अन्य स्थानहरूमा पनि चोरी गरेको स्वीकारेका छन्। हालसम्म अन्दाजी ३ लाख ४४ हजार ५ सय रुपैयाँ बराबरका सुन, चाँदी र अन्य धातुका गरगहना चोरी भएको भन्ने उजुरीहरू प्राप्त भइसकेका छन्। थप उजुरीहरू आउने सम्भावना रहेको प्रहरीले जनाएको छ।
बरामद सामग्रीहरूमा समावेश छन्:
सुनजस्तो देखिने पहेँलो धातुको डल्ला – ५ तोला ४ लाल
चाँदीजस्तो देखिने गरगहना – ७ तोला ६४ लाल
चाँदीका सिक्का (६ थान) – २१ तोला ३० लाल
अन्य विभिन्न गरगहना तथा तयारी अवस्थामा रहेका कच्चा धातु – जम्मा ७४ तोला ४६ लाल
चोरीमा प्रयोग भएको ग २० प ३४६३ नम्बरको स्कुटर, चावी र दर्ता किताव
सुन–चाँदी गाल्न तथा बनाउँन प्रयोग गरिने विभिन्न औजार
प्रहरीले कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा उनीहरूका लागि ८ दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ।