Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्याक्टरको ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएपछि



कालीकोटको खाँडाचक्र नगरपालिका–४ मौलाकाटियामा ट्याक्टर दुर्घटना भएको छ।


जुम्ला–सुर्खेत सडकखण्डमा सुर्खेतबाट इँटा बोकेर जुम्लातर्फ जाँदै गरेको क.प्र. ०२००१ त ००१२ नम्बरको ट्याक्टरको ब्रेक फेल भएर सडकको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ।


दुर्घटनामा कालीकोट रास्कोट नगरपालिका–९ का चालक गणेश लुहार घाइते भएका छन्। उनको बायाँ आँखामाथिको भाग र ओठमा चोट लागेको छ। घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।


घाइते लुहारलाई उपचारका लागि जिल्ला अस्पताल मान्म, कालीकोट पठाइएको प्रहरी निरीक्षक गोविन्द चौधरीले जानकारी दिए।

Top Post Ad

post bottom ads

Ads Bottom