मकवानपुर – मनहरी गाउँपालिका–८ सिमपानीस्थित सडकमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७७१२ नम्बरको ट्रकले ठक्कर दिँदा राक्सिराङ गाउँपालिका–९ घर भएका ७० वर्षीय गंगा बहादुर स्याङ्तानको मृत्यु भएको छ। गम्भीर घाइते स्याङ्तानको हेटौंडा अस्पतालमा उपचारको क्रममा निधन भयो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सप्तरी – सुरूङगा नगरपालिका–५ स्थित सडकमा रोकी राखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको छ। उनीको नाम, थर र ठेगाना खुल्न बाँकी छ। गम्भीर घाइते अवस्थामा प्रादेशिक अस्पताल लहानमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
बारा – फेटा गाउँपालिका–७ मा पिकअपले अटोलाई ठक्कर दिँदा अटोमा सवार १३ वर्षीय समर पण्डितको मृत्यु भएको छ। गम्भीर घाइते समरको एनएमसी अस्पतालमा निधन भयो। एक जना घाइतेको उपचार सोही अस्पतालमा भइरहेको छ। पिकअप चालक फरार छन् भने अटो चालकलाई नियन्त्रणमा लिइएको छ।
उदयपुर – कटारी नगरपालिका–६ मा चितवनबाट झापातर्फ जाँदै गरेको स्कारपियो अनियन्त्रित भई दुर्घटना हुँदा ५५ वर्षीय माधब बस्नेतको ज्यान गएको छ। गम्भीर घाइते बस्नेतको प्रादेशिक अस्पताल कटारीमा निधन भयो। स्कारपियोमा सवार अन्य ५ जनालाई थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल रिफर गरिएको छ। चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सडक दुर्घटनाका घटनाले सार्वजनिक सवारी सुरक्षामाथि गम्भीर प्रश्न खडा गर्दै आएको छ। सम्बन्धित निकायले यस्ता घटनालाई नियन्त्रण गर्न थप प्रभावकारी उपायहरू अपनाउनुपर्ने देखिन्छ।