Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

काठमाडौँतर्फ जाँदै गरेको ट्याङ्कर बगुवा खोलामा खस्यो, चालक हाम फालेर ज्यान जोगाउन सफल : थप विवरण


मकवानपुर, जेठ १५ – काठमाडौँतर्फ जाँदै गरेको डिजेल लोड भएको एक ट्याङ्कर बगुवा खोलाले बगाएको छ। बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुर जिल्लाको सिमानामा पर्ने बगुवा खोला नजिक पुलमा उक्लिने क्रममा हिलो बाटोका कारण चिप्लिएर गाडी खोलामा खस्दै बगेको हो।


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रदेश २–०३–००१ क. २०३१ नम्बरको सो ट्याङ्कर बारा, अमलेखगञ्जबाट काठमाडौँतर्फ डिजेल लोड गरेर आउँदै थियो। गाडी बगुवा खोलामा खसेर बगेपनि चालक वीरगन्ज महानगरपालिका–२१ निवासी करिब २६ वर्षीय कृष्ण महतोले हाम फालेर ज्यान जोगाउन सफल भएको जनाइएको छ।


यसैबीच, वीरगन्जबाट भान्साको सामान बोकेर काठमाडौँतर्फ आउँदै गरेको अर्काे ट्रक पनि खोलाको उर्लंदो भेलमा फसेको छ। ना.३ ख.५१९६ नम्बरको डिब्बा ट्रक बागमती पुल नजिक दुई सय मिटर उत्तरतर्फ पार्किङ गरिएको अवस्थामा पानीको बहाव एक्कासि बढ्दा ट्रक फसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो।


ट्रकका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय विश्वबन्धु श्रेष्ठले बिहान प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए। ट्रक हाल घटनास्थलमै रहेको र मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ।


प्रहरीले दुबै घटनाको सम्बन्धमा थप जानकारी संकलन भइरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom