Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

त्रिभुवन विश्वविद्यालयद्वारा स्नातक तहको नतिजा प्रकाशन - TU result


काठमाडौं, जेठ १५। त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले व्यवस्थापन संकायअन्तर्गत बैशाख र फागुन महिनामा सञ्चालन गरिएको BBS दोस्रो वर्ष २०७९ सालको नियमित तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ।


परीक्षा नियन्त्रकको कार्यालयले प्रकाशित सूचनामा अनुसार विश्वविद्यालयको शैक्षिक प्रशासन सम्बन्धी नियमावली २०५० को प्रावधान अनुसार २०७९ सालमा सञ्चालन भएको BBS दोस्रो वर्षको परीक्षा परिणाम सन्तोषजनक रहेको उल्लेख गरिएको छ। परीक्षाफल विश्वविद्यालयको आधिकारिक वेबसाइट [www.result.tuexam.edu.np](http://www.result.tuexam.edu.np) मा हेर्न सकिने जानकारी दिइएको छ।


परीक्षा नियन्त्रकले नतिजा शुद्ध हुन सक्ने भरपर्दो प्रयास गरिएको स्पष्ट पार्दै छापाइ त्रुटि वा अन्य कारणले त्रुटि देखिएमा कार्यालयबाट आवश्यक सच्याउने प्रक्रिया अघि बढाइने जनाएको छ।


साथै, परीक्षाफल सार्वजनिक भएपछि सम्बन्धित क्याम्पसबाट अंकपत्र (Marksheet) वितरण गरिने पनि सूचनामा उल्लेख छ।

Top Post Ad

post bottom ads

Ads Bottom