Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारत–पाकिस्तानबीच तत्काल युद्धविरामको घोषणा, स्थल–आकाश–समुद्र तीनै क्षेत्रमा कारबाही रोक्ने सहमति - Brighter Network


वैशाख २७, दक्षिण एशियाली छिमेकी देशहरू भारत र पाकिस्तानबीच जारी तनावलाई थाम्ने प्रयासस्वरूप पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च कूटनीतिक अधिकारीहरूले संयुक्त रूपमा युद्धविराम तत्काल लागू हुनेगरी घोषणा गरेका छन्।


पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका परराष्ट्र सचिव विक्रम मिस्रीले शुक्रबार साँझ पत्रकारमार्फत उक्त निर्णय सार्वजनिक गरेका हुन्।


भारतीय परराष्ट्र सचिव मिस्रीका अनुसार, पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (DGMO) ले आज दिउँसो भारतीय समकक्षीसँग टेलिफोन संवाद गर्दै स्थल, आकाश र समुद्र तीनवटै मोर्चामा सबै किसिमका युद्ध र सैन्य गतिविधि रोक्न सहमति जनाएका हुन्।


छोटो वक्तव्यमार्फत मिस्रीले भने, “दुवै देशले भारतीय समय अनुसार आज साँझ ५ बजेदेखि युद्धविराम कार्यान्वयन गर्ने सहमति गरेका छन्।”


पछिल्ला दिनहरूमा कश्मीर क्षेत्रमा मिसाइल आक्रमण, सीमा संघर्ष र दर्जनौंको ज्यान जाने घटनाहरू भएका थिए। यस सन्दर्भमा युद्धविराम सहमति क्षेत्रीय स्थायित्वतर्फको महत्त्वपूर्ण कदम मानिएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom