कावासोती–१ स्थित लोकाहा खोला नजिकै दुर्घटना भएको हो। दुर्घटनामा परी कावासोती–११ शान्ति टोलका २२ वर्षीय ईश्वर दर्लामी र उनका १९ वर्षीय भाई सागर दर्लामी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको भए पनि दुवै जनाको ज्यान जोगाउन सकिएन, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो।
प्रहरीका अनुसार, देवचुलीको मुण्डेबाट लोकाहा जाँदै गरेका उनीहरू सवार लु १३ प ७०२ नम्बरको मोटरसाइकल तीव्र गतिमा रहेको कारण अनियन्त्रित भइ पल्टिएको थियो। मोटरसाइकल सडक छेउको कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ।
प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।