Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को परीक्षा केन्द्रमा नक्कली परीक्षार्थी पक्राउ, मूल परीक्षार्थी समेत नियन्त्रणमा - Brighter Network


लमजुङ, वैशाख २७ — लमजुङको सुन्दरबजार नगरपालिका–६ स्थित आदर्श बाल माध्यमिक विद्यालयमा सञ्चालित कक्षा १२ को परीक्षामा नक्कली परीक्षार्थी फेला परेपछि दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।


जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार, शुक्रबार भएको फाइनान्स विषयको परीक्षाका क्रममा परिक्षार्थीको परिचय खुल्दा अर्कै व्यक्तिले परीक्षा दिइरहेको पुष्टि भएको हो।


नक्कली परीक्षार्थीको रूपमा फेला परेका व्यक्ति २० वर्षीय आयुष गुरुङ रहेको खुलेको छ। उनले सुन्दरबजार नगरपालिका–५ निवासी विशाल गुरुङको नाममा परीक्षा दिइरहेका थिए।


दुवै युवालाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय, लमजुङमा पेश गरिएको छ। प्रशासनले ‘शिक्षा ऐन सम्बन्धी कसुर’ अन्तर्गत पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक तेलीले जानकारी दिनुभयो।


प्रहरीका अनुसार, उनीहरूबीचको सम्बन्ध, योजना र अन्य सम्भावित संलग्नता बारे पनि अनुसन्धान भइरहेको छ।


कानुनअनुसार, नक्कली परीक्षार्थी प्रयोग गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना, छ महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

Top Post Ad

post bottom ads

Ads Bottom