महाशाखाद्वारा आज सार्वजनिक गरिएको मौसम बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारण बदली रहनेछ। विशेषगरी कोशी, लुम्बिनी प्रदेश तथा अन्य पहाडी भू–भागका केही स्थान र बाँकी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हुरीबताससहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
यसैगरी, हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र केही स्थानहरूमा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज रातिको समयको लागि पनि देशको पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली रहने र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी क्षेत्रका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।