Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

कक्षा १२ को परीक्षा सुरु , देशभर पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी - Brighter Network


वैशाख २१

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सञ्चालित कक्षा १२ को वार्षिक परीक्षा आज शुक्रबारदेखि देशभर एकैसाथ सुरु भएको छ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। अध्यक्ष महाश्रम शर्माले सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै सम्पूर्ण परीक्षार्थीलाई निर्धक्क भएर परीक्षा दिन आग्रह गरेका छन्।

यसपटकको परीक्षामा नियमिततर्फ १ लाख ९८ हजार ८७५ छात्र र १ लाख ९७ हजार १३ छात्रा गरी ३ लाख ९५ हजार ९०८ विद्यार्थी सहभागी भएका छन्। आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना परीक्षार्थी छन्।
कुल परीक्षार्थी संख्या ५ लाख ११ हजार ५२५ रहेको छ।

परीक्षा सञ्चालनका लागि देशभर १,५९० परीक्षा केन्द्र र जापानमा १ परीक्षा केन्द्र गरी कुल १,५९१ परीक्षा केन्द्र तोकिएको छ।
सबैभन्दा बढी काठमाडौँमा १६२ परीक्षा केन्द्र तोकिएको छ भने मनाङ र मुस्ताङमा १–१ परीक्षा केन्द्र रहेका छन्।

परीक्षामा सबैभन्दा बढी परीक्षार्थी काठमाडौँबाट ६८ हजार १३३ जना सहभागी हुँदैछन्।
मनाङबाट भने सबैभन्दा कम ४५ जना परीक्षार्थी सहभागी छन्।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, कर्मचारी, कार्यालय सहयोगी तथा सुरक्षाकर्मी गरी ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ।
करिब २ हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा १ कार्यालय सहयोगी, र २० हजार सुरक्षाकर्मी खटाइएको बोर्डले जनाएको छ।

कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति तथा अन्य अपाङ्गता भएका विद्यार्थीका लागि परीक्षा दिन विशेष व्यवस्था गरिएको छ।
त्यस्तै, कारागार र बाल सुधारगृहमा रहेका विद्यार्थीलाई समेत परीक्षा दिन छुट मिलाइएको छ।

परीक्षा केन्द्रमा जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको स्वीकृति बिना कोही पनि प्रवेश गर्न पाउने छैनन्।
परीक्षाको मर्यादा उल्लङ्घन भएमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष वा निरीक्षकलाई तत्काल परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ।

परीक्षा अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले परीक्षा केन्द्रमा मोबाइल फोन लैजान नपाउने व्यवस्था गरिएको छ।
परीक्षार्थीलाई मोबाइल, स्मार्ट घडी, ब्लुटुथ लगायत कुनै पनि इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको छ।
लोडेड डकुमेन्ट नभएको क्याल्कुलेटर प्रयोग गर्न भने पाइने छ।

परीक्षाको मर्यादा भङ्ग भएमा शिक्षा ऐन, २०२८ को दफा १७ (१ क) ‘च’ बमोजिम कारबाही गरिने छ।
नियमविपरीत सामग्री लिएर प्रवेश गरेमा नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने बोर्डले जनाएको छ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरण विषयको परीक्षा सञ्चालन भइरहेको छ।
साधारण तथा प्राविधिक धारातर्फका नियमित तथा आंशिक परीक्षार्थी सहभागी छन्।

Top Post Ad

post bottom ads

Ads Bottom