Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पुरानो रिसिबीले निम्त्याएको झडपमा १३ जना घाइते - Brighter Network


सर्लाही, वैशाख २६ — सर्लाहीको बलरा नगरपालिका–१०, सुदामा टोलमा शुक्रबार दुई पक्षबीच भएको झडपले १३ जनालाई घाइते बनाएको छ। पुरानो आपसी विवादका कारण उत्पन्न तनावले हिंसात्मक रूप लिँदा अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्नुपरेको थियो।

प्रहरीका अनुसार झडप स्थानीय सुवोध पासवान र भोला पासवान पक्षबीच भएको हो। सुवोध पासवान पक्षबाट ७० वर्षीय सुवोध स्वयं, १५ वर्षीय शिवसागर पासवान, ४७ वर्षीय दिनेश पासवान, ३० वर्षीय हरेन्द्र पासवान, ७५ वर्षीय लखचन पासवान र १८ वर्षीय अंगद पासवान घाइते भएका छन्। तीमध्ये छ जनाको उपचार प्रादेशिक अस्पताल मलङ्गवामा भइरहेको छ।

त्यसैगरी, भोला पासवान पक्षबाट घाइते भएकामा ७० वर्षीय सन्तलाल हजारी, उनका छोरा ३५ वर्षीय रुपेश हजारी, ५१ वर्षीय मुकेश हजारी, भारतीय नागरिकसमेत रहेका सन्तलालका भिनाजु ३५ वर्षीय वीरेन्द्र पासवान, २८ वर्षीया निक पासवान, २५ वर्षीया कामनी देवी र ३० वर्षीया पूजा देवी छन्। उनीहरूको उपचारका लागि जनकपुरस्थित अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सबै घाइतेहरूको टाउको र खुट्टामा चोट लागेको छ। झडपको कारण र विस्तृत विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईले जानकारी दिएका छन्।

घटना लगत्तै इलाका प्रहरी कार्यालय गडहीयाबाट खटिएको टोलीले स्थिति नियन्त्रणमा लिएको छ भने, सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रभावित गाउँमा अहिले पनि प्रहरीको उपस्थिति कायम छ।

Top Post Ad

post bottom ads

Ads Bottom