Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतबाट घर फर्किंदै गरेका एक नेपालीको बाटोमै ज्यान गयो - Brighter Network


बाँके, वैशाख २६ — भारतबाट नेपाल फर्किने क्रममा एक नेपाली नागरिक बसभित्रै मृत अवस्थामा फेला परेका छन्। मृतक गोर्खा गण्डकी गाउँपालिका फुजेलका ४६ वर्षीय चेतबहादुर पन्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ।


प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार पन्त बिहारबाट रुपैडिहातर्फ आउँदै गरेको यात्रुबाहक बसमा सवार थिए। भारत–नेपाल सीमा नजिकैको रुपैडिहामा बस पुग्दा पन्त बसबाट नझरेपछि जाँच गर्दा उनी मृत भेटिएको जानकारी प्राप्त भएको हो।


पन्तको पहिचान उहाँको साथमा रहेको नेपाली नागरिकताको प्रमाणपत्रका आधारमा भएको हो। हाल मृत शरीर भारततर्फकै अस्पतालमा राखिएको रुपैडिहा प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार मृतकका आफन्तहरूसँग सम्पर्क भइसकेको छ र घटनाबारे जानकारी दिइसकिएको छ। यस्तै, आवश्यक प्रक्रिया अघि बढाउन आफन्तलाई पनि बोलाइएको छ।


मृत्युलाई लिएर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom